‘सुझाव दिनुहोस्’ भन्दै पत्रकारसमक्ष उम्मेदवार विन्दु
पाेखरा | असोज ३०, २०७९
पोखराः कास्की क्षेत्र नम्बर २ तर्फ प्रदेश सभा (ख)का उम्मेदवार विन्दुकुमार थापाले आज स्थानीय पत्रकारसँग अनौपचारिक भेटघाट गरेका छन् ।
भेटघाटमा थापाले घोषणापत्र लेखनमा जुटेको बताउँदै के–कस्ता योजना र कामको आवश्यकता छ भन्दै सुझाव मागे । ‘पत्रकारहरु दैनिकरुपमा जनताको गुनासो र आवश्यकताबीच काम गर्नुपर्ने भएकाले सुझावको अपेक्षा गरेको छु’ उनले भने ।
समृद्धि र निरन्तरको विकासमा सँधै लागिरहेको बताउँदै उनले मन्त्री भएपनि उल्लेख्य काम गर्न समायाभावले नसकेको प्रष्ट्याए । पोखराको विकासमा गर्नुपर्ने धेरै काम भएका भन्दै थापाले सोही लक्ष्य पुरा गर्न पुनः प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएको जिकिर गरे ।
प्रदेशमा कानून, सञ्चार तथा प्रदेश सभा मामिलामन्त्री रहेका थापा व्यावसायिक पृष्ठभूमिबाट उदाएका हुन् । सोही कारण पनि पोखरालाई आर्थिक क्षेत्रमा माथि उठाउन पुनः नीति निर्माण तहमा पुग्न चाहेको उनले बताए ।
गठबन्धनका साझा उम्मेदवारले छलफलकाक्रममा चुनाव जित्ने दाबी गर्दै महत्वपूर्ण सुझावको अपेक्षा गरे ।
भेटघाटमा सहभागी पत्रकारहरुले यस क्षेत्रको विकासमा उद्योग, पर्यटन, कृषि र वातावरणमा पहल गर्नुपर्ने भन्दै समयसापेक्ष कार्यक्रमहरु घोषणापत्रमा समेट्न सुझाव दिए ।
त्यस्तै, निर्माणाधीन कोरला नाका र हुलाकी मार्गबाट कास्की एवं पोखराले भरमग्दुर फाइदा लिनसक्ने भएकाले सोही अनुसारका योजनाहरु समेटिनु पर्ने सुझाव समेत थापालाई दिएको छ ।
हालसम्म निर्णय हुन नसकेको आमसञ्चार विधेयकलाई समेत टुंगोमा पु¥याउनुपर्ने पत्रकारहरुको जोड थियो । उक्त विधेयक पत्रकार र सूचनामैत्री पनि हुनुपर्नेमा सहभागी पत्रकारको जोड रहेको छ ।
सुझाव लिँदै थापाले सुशासन र सबल अर्थतन्त्रनै आफ्नो मूल चुनावी एजेन्डा र लक्ष्य रहेको जनाए ।
दोस्रो पटक प्रदेशको चुनावी मैदानमा होमिएका थापाको प्रतिष्पर्धामा नेकपा एमालेबाट मिना गुरुङ रहेकी छिन् । गुरुङ् यसअघि समानुपातिकतर्फबाट सांसद हुन् ।
पोखरा । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ । पोखराको महेन्द्रपुलमा आज एक विशेष का...
पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ । फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

